Day: १६ असार २०७६, सोमबार १४:०१

ज्याग्दीखोलामा झोलुङ्गे पुल निर्माण

चापाकोट नगरपालिका ५ र ८ जोड्ने ज्याग्दीखोलामा निर्माण भएको झोलुङ्गे पुल । खोलाको सतहदेखि ११९ मिटर उचाई, लम्बाई ३१८ मिटर छ । दैनिक करीव एक हजार ५०० यात्रु आवतजावत गर्ने यो पुल नेपालकै अग्लो र लम्बाईका हिसाबले तेस्रो स्थानमा पर्छ । तस्वीर ः सुशीला रेग्मी....
पुरा पढ्नुहोस »

माछा मार्न जाल हान्दै थापा

तनहुँको व्यास नगरपालिका–५ अलैचेका सन्तबहादुर थापा माछा मार्न साँगेखोलामा जाल हान्दै । करेन्ट र विष प्रयोगले साँगेखोलामा माछा लोप हुँदै गएको थापाको गुनासो छ । तस्वीर ः कृष्ण न्यौपाने....
पुरा पढ्नुहोस »

निगमलाई चुस्त र प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, १६ असार (रासस) : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को व्यवस्थापनलाई चुस्त र प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका प्रधानमन्त्री ओलीले राष्ट्रको पहिचान र....
पुरा पढ्नुहोस »

‘डिजिटल नेपालः लाखौँ रोजगारी सिर्जनाको आधार’

काठमाडौँ, १६ असार (रासस) ः सूचना प्रविधि (आइटी) क्षेत्रमा एकैसाथ लाखौँको रोजगारी सिर्जना गर्न सकिने आधार प्रस्तुत गर्दै प्रविधि क्षेत्रका जानकारले सूचना प्रविधिसम्बन्धी नियम कानूनलाई सरलीकृत बनाउनुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०७६ अन्तर्गतको ‘सूचना प्रविधि र रोजगार’....
पुरा पढ्नुहोस »

टेलिकमको ‘फाइबर टू होम’ सेवा शुरु

सुर्खेत, १६ असार (रासस) ः प्रदेश राजधानी वीरेन्द्रनगरमा नेपाल टेलिकमको ‘फाइबर टू होम’ सेवा शुरु भएको छ । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले आज दिउँसो मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई फोन गरेर सेवा शुभारम्भ गर्नुभएको हो ।  टेलिफोन सन्देशमा मुख्यमन्त्री शाहीले....
पुरा पढ्नुहोस »

दुई अर्ब भारतीय रुपैयाँको वैवाहिक कार्यक्रम, तीन सय क्वीन्टल फोहोर विसर्जन

अउली, भारत, १६ असार (रासस-एएनआई) – भारतको उत्तराखण्डको अउली नगरमा एक बैबाहिक कार्यक्रमका क्रममा थुप्रिएको करिब तीन सय क्वीन्टल फोहोर विसर्जन गरिएको छ । नगर निगमका अधिकारीहरुका अनुसार दक्षिण अफ्रिकाका एक व्यापारीका दुई छोराको बिहेका कारण त्यस्तो फोहोर थुप्रिएको थियो । जोशीमठ नगर निगमका सफाई कर्मचारी....
पुरा पढ्नुहोस »

विमान दुर्घटनामा दशको मृत्यु

ह्युस्टन, १६ असार (रासस -सिन्ह्वा) – अमेरिकाको टेक्सास राज्यको डल्लासनजिकै आइतबार बिहान सबेरै एक सानो विमान दुर्घटना हुँदा कम्तीमा १० व्यक्तिको मृत्यु भएको छ । डल्लासको मुख्य शहरबाट २५ किलोमिटर उत्तरमा रहेको विमानस्थलमा सो दुर्घटना भएको अधिकारीहरुले जानकारी दिएका छन् । स्थानीय समयानुसार आइतबार....
पुरा पढ्नुहोस »

न्यूजील्यान्डमा हलुका प्लास्टिक ब्याग प्रतिबन्धित

वेलिङटन, १६ असार (रासस-एएफपी) – न्यूजील्यान्ड सरकारले एकपटक मात्र प्रयोग गर्न मिल्ने प्लास्टिक ब्याग प्रयोगमा प्रतिबन्ध लगाएको छ । प्रतिबन्धित प्लास्टिक ब्यागको प्रयोग गरेको पाइए कडा सजाय दिइने सरकारले जारी गरेको आदेशमा उल्लेख छ । प्लास्टिकको प्रदूषण विश्वव्यापी चासोको विषय बनेको छ । प्लास्टिकमा....
पुरा पढ्नुहोस »