Day: २५ असार २०७६, बुधबार १५:२३

काङ्ग्रेसद्वारा सत्तारूढ र विद्रोहीलाई अपिल

काठमाडौँ, २५ असार (रासस) ः प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले भोजपुरमा आज प्रहरी जवान सञ्जीव राईले कर्तव्य पालना क्रममा जीवन गुमाएको र नेत्र विक्रम चन्दले नेतृत्व गरेको समूहका कार्यकर्ता निरकुमार राई मारिएको घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले एक....
पुरा पढ्नुहोस »

पार्टीभन्दा माथि उठेर संस्कृतिको रक्षा गरौं : अध्यक्ष थापा

मकवानपुर, २५ असार (रासस) ः राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले धर्म, संस्कृति र पहिचान रक्षाको निमित्त पार्टीगत राजनीतिभन्दा माथि उठेर सबै एक ठाउँमा उभिनु पर्नेमा जोड दिएका छन् । मकवानपुरको थाहा नगरपालिकास्थित फाँट बजारमा आयोजित सप्ताह ज्ञान महायज्ञको समापन समारोहमा आज अध्यक्ष....
पुरा पढ्नुहोस »

आर्थिक अपराध रोक्न नयाँ फड्को : अब मालसामान ढुवानी विवरण सूचना प्रणालीमा राख्नैपर्ने

 काठमाडौँ, २५ असार (रासस) ः नक्कली बिल–बीजक जारी गरी वा भन्सार छलेर अर्बौंको राजश्व चुहावट गर्ने तथा विभिन्न तरिकाले हुने आर्थिक अपराध रोक्न सरकारले मालसामान ढुवानी गर्दा सूचना प्रणालीमा राख्नैपर्ने नयाँ व्यवस्था लागू गरेको छ ।  छोटो समयमै बिल मात्रै बनाएर आठ अर्बभन्दा बढीको राजश्व चुहावट गरेको....
पुरा पढ्नुहोस »

बहिरा व्यक्तिले अझै पाएनन् सवारी चालक अनुमतिपत्र

काठमाडौँ, २५ असार (रासस) ः बहिरा व्यक्तिलाई सवारी चालक अनुमतिपत्र दिनु भन्ने सर्वाेच्च अदालतले निर्णय गरेको छ वर्ष बिते पनि अहिलेसम्म कार्यान्वयन भएको छैन । संशोधनका क्रममा रहेको सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा अपाङ्गता भएका व्यक्तिलाई सवारी चालक अनुमतिपत्र दिने व्यवस्था नहुँदा उनीहरुले चालक....
पुरा पढ्नुहोस »

यमनमा हिंसा, जासुसीको आरोपमा ३० जनालाई मृत्युदण्डको फैसला

साना, २५ असार (रासस-सिन्ह्वा) – विद्रोहीको नियन्त्रणमा रहेको यमनको राजधानी सानास्थित एक अदालतले साउदी गठबन्धनका निम्ति जासुसी गरेको आरोपमा ३० जनालाई मृत्युदण्डको फैसला गरेको छ । मृत्युदण्डको सजाय सुनाइएकाहरुमा इस्लाहा पार्टीसँग आबद्ध रहेका प्राज्ञहरु, प्राध्यापकहरु र विद्यार्थी रहेका छन् । यमनमा....
पुरा पढ्नुहोस »

अमेरिका, चीनबीच व्यापार वार्ता पुनः शुरु

वासिङ्टन, २५ असार (रासस-एएफपी) – संयुक्तराज्य अमेरिका र चीनका उच्च व्यापार मध्यस्थकर्ताबीच मङ्गलबार टेलिफोनमा कुराकानी भएको छ । दुबै मुलुकबीच विश्वासको वातावरण रहेको घोषणा गरेको करिब एक हप्तापछि नै व्यापार युद्धको चित्तबुझ्दो समाधानका लागि वार्ताको पहल शुरु भएको हो । अमेरिकाले चीनमाथि थप....
पुरा पढ्नुहोस »

बारुदी सुरुङ बिस्फोट, ७ बालबालिकाको मृत्यु

दमास्कस, २५ असार (रासस-सिन्ह्वा) – सिरियाको पूर्वी क्षेत्रमा बारुदी सुरुङ बिस्फोट हुँदा मंगलबार कम्तीमा सात जना बालबालिकाको मृत्यु भएको सिरियाली सरकारी टेलिभिजनले जनाएको छ । डायर अल–जउर प्रान्तको पूर्वमा रहेको डब्लान नगरमा उक्त घटना भएको हो । टेलिभिजनले सुरक्षा स्रोतलाई उद्धृत गर्दै उक्त बारुदी....
पुरा पढ्नुहोस »