Day: २८ असार २०७६, शनिबार १३:५४

क्रसर र खानीका पहिराले बिपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक, २८ असार (रासस) : दुई दिनदेखिको अविरल वर्षाका कारण विभिन्न स्थानमा पहिरो र सडकमा लेदो जम्दा बिपी राजमार्ग (धुलिखेल–बर्दिबास सडकखण्ड) अवरुद्ध भएको छ । राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको अधिकांश स्थानमा क्रसर तथा रोडा–ढुङ्गा खानीका कारण अवरुद्ध भएको हो ।  राजमार्गको....
पुरा पढ्नुहोस »

नेपालद्वारा मलेशिया पराजित

काठमाडौँ, २८ असार (रासस) ः मलेशियाविरुद्धको पहिलो टी ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले सहज जित हात पारेको छ । सिङ्गापुरमा आयोजना हुने आइसिसी टी–ट्वान्टी विश्वकप एशिया छनोटको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले मलेशियालाई सात विकेटले पराजित गर्दै विजयी भएको हो....
पुरा पढ्नुहोस »

बाढी र पहिरोमा परेर २८ को मृत्यु, १६ बेपत्ता

काठमाडौँ, २८ असार (रासस) ः अबिरल वर्षापछि मुलुकका विभिन्न स्थानमा आएको बाढी पहिरोमा परी अहिलेसम्म २८ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परी १६ जना बेपत्ता भएका छन् भने ११ जना घाइते भएका प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिनुभयो ।  बाढी पहिरोमा परी काठमाडौँ, खोटाङ, ललितपुर र....
पुरा पढ्नुहोस »

साताको शेयर : अढाइ अर्बको कारोबार

काठमाडौँ, २२ असार (रासस) : यो साताभर शेयर बजारमा उतार चढावपूर्ण कारोवार भयो । सातामा पाँच दिन खुलेको बजारमा कूल १७३ कम्पनीको एक करोड १३ लाख ८७ हजार ६१६ कित्ता शेयर रु दुई अर्ब ६३ करोड ६८ लाख ९५ हजार १२७ मूल्यमा खरीद बिक्री भए ।  गत साताको अन्तिम दिन अर्थात् १९ गते बिहीबार  आठ अङ्कले घटेर एक हजार २६०.४७ मा....
पुरा पढ्नुहोस »

प्रदेश नं १ मा बाढीले नौको मृत्यु, सात बेपत्ता

विराटनगर, २८ असार (रासस) : विगत चार दिनदेखि परेको अबिरल वर्षाका कारण प्रदेश नं १ अन्तर्गतका भोजपुर, खोटाङ, ओखलढुङ्गा, इलाम, झापा, सुनसरी, पाँचथर र मोरङ जिल्लामा गरी नौको मृत्यु भएको छ भने सात बेपत्ता भएका छन् । प्रदेश नं १ कार्यालय विराटनगरका अनुसार असार २६ गते भोजपुर जिल्ला रामप्रसाद राई गाउँपालिका–७....
पुरा पढ्नुहोस »

बिहार जलमग्न भएपछि कोशी ब्यारेजका ढोका बन्द गर्न दबाब

धरान, २८ असार (रासस) : लगातार परेको पानीले सप्तकोशीमा पानीको बहाव उच्च भएको छ । एक लाख ५० हजार क्यूसेक पानीको मापनपछि खतरा मानिने आज अपराह्न २ः०० बजेको मापनअनुसार दुई लाख ७४ हजार ६५ क्यूसेक पानीको बहाव रहेको कोशी ब्यारेजमा रहेका प्रहरी सहायक निरीक्षक ईश्वरी दाहालले जानकारी दिनुभयो । अहिले ५६ ढोकामध्ये....
पुरा पढ्नुहोस »

राजश्व छली रोक्न कडाइ : साउन १ देखि अनलाइन ट्र्याकिङ प्रणाली लागू हुने

काठमाडौँ, २८ असार (रासस) : एउटै बीलबिजक देखाएर पटकपटक मालवस्तु बिक्री तथा ढुवानी गर्दै आएका व्यवसायीलाई राजश्व तिर्न बाध्य गराउने गरी सरकारले आगामी साउन १ गतेदेखि वेभमा आधारित केन्द्रीय सूचना प्रणाली लागू गर्ने भएको छ । राजश्व छली गर्ने उद्देश्यले एउटै बीलबिजक देखाउँदै व्यवसायीले मालवस्तु आयात,....
पुरा पढ्नुहोस »

राजधानीका २० संस्थागत विद्यालयमा संस्कृत पठनपाठन

काठमाडौँ, २८ असार (रासस) ः राजधानीका २० वटा संस्थागत विद्यालयमा प्राचीन भाषा संस्कृतको पठनपाठन शुरु भएको छ । जीयर शैक्षिक संस्था नेपाल र विकास तरङ्गिणीको १२औँ वार्षिकोत्सवका अवसरमा आज काठमाडौँको बत्तिसपुतलीमा आयोजित रक्तदान तथा सत्सङ्ग कार्यक्रममा संस्थाका सल्लाहकार एवं सरकारका पूर्वसचिव....
पुरा पढ्नुहोस »

अफ्रिकी महादेशीय स्वतन्त्र व्यापार सम्झौता, के कार्यान्वयन सम्भव छ ?

काठमाडौँ , २८ असार (रासस) – नाइजरको राजधानी नियामेमा अघिल्लो साता अर्थात् जुलाई ७ मा सम्पन्न अफ्रिकी युनियनको शिखर बैठकमा अफ्रिकी सरकार एवं राज्य प्रमुखहरुले एउटा ऐतिहासिक व्यापार सम्झौतामा हस्ताक्षर गरेका छन् । करिब १ अर्ब २७ करोड जनसंख्या रहेको अफ्रिकी महादेशका ५५ मध्ये ५४ वटा मुलुकले अफ्रिकी....
पुरा पढ्नुहोस »

बेलायती विश्वविद्यालयमा अध्ययनका लागि झण्डै बीस हजार चिनियाँ विद्यार्थीको आवेदन

बेइजिङ, २८ असार (रासस÷सिन्ह्वा) ः बेलायती विश्वविद्यालयमा अध्ययनका लागि चीनका १९ हजार ७६० जनाले आवेदन दिएका छन् ।आवेदन दिनेहरुको यो संख्या अघिल्लो बर्षको भन्दा ३० प्रतिशत बढी भएको चाइना डेलीले शनिबार लेखेको छ । बेलायती विश्वविद्यालयमा अध्ययनका लागि उत्तरी आयरल्याण्डबाट भन्दा चीनबाट बढी....
पुरा पढ्नुहोस »

अमेरिकी कङ्ग्रेसमा रूसी हस्तक्षेपबारे म्युलरसँगको सुनुवाई एक हप्ता पछि हुने

वासिङ्टन, २८ असार (रासस÷एपी) ः अमेरिकी न्याय मन्त्रालयका पूर्व परामर्शदाता रोबर्ट म्युलरको प्रतिवेदनमाथि अमेरिकी कङ्ग्रेस (संसद) मा हुने सुनुवाई जुलाई २४ मा हुने गरी समय सारिएको छ । यस पहिलेको कार्यक्रम अनुसार उहाँमाथिको सुनुवाई आगामी साता (जुलाई १७)का लागि तोकिएको थियो । सांसदहरूले अमेरिकी....
पुरा पढ्नुहोस »

आइसीइको छापा तिब्रः सन डिएगोमा २० जना पक्राउ

दूरबिन नेपाल, जुलाई १२ आइसीइको एक हप्ते अपरेसनबाट अमेरिकी राज्य सन डिएगोबाट २० जना पक्राउ परेका छन । पक्राउ पर्नेहरु अधिकांश अवैध आप्रवासीहरु भएको आइसीइको दावी छ । आइसीइका अनुसार पक्राउ परेकामध्ये कतिपय निष्कासनको आदेश पाइसकेका र अमेरिकी आप्रवासन कानुनको उलंघन गरेका पनि छन । एक हप्तासम्म गरेको....
पुरा पढ्नुहोस »