Day: ३१ असार २०७६, मंगलवार १३:२९

बाढी पहिरोबाट ७८ को मृत्यु, सत्र हजार घरधुरी विस्थापित

काठमाडौँ, ३१ असार (रासस) ः मुलुकमा केही दिनअघि परेको वर्षापछिको बाढीपहिरो र डुबानका कारण आज मध्याह्नसम्म ७८ जनाको मृत्यु भएको छ भने ३२ बेपत्ता र ४० जना घाइते भएका छन् । गृह मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार असार २६ गतेदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोमा परेर १७ हजार ४२० घरधुरी विस्थापित भएका....
पुरा पढ्नुहोस »

बौद्ध धर्मावलम्बीको वर्षावास शुरु

रुपन्देही, ३१ असार (रासस) ः बौद्ध धर्मावलम्बीको पर्व वर्षावास आजदेखि शुरु भएको छ । प्रत्येक असारको पूर्णिमादेखि असोज पूर्णिमा तीन महीनासम्म थेरवाद भिक्षुहरू वर्षावास बस्ने परम्परा छ । वर्षाको कारण चारैतिर पानी पर्ने, जमीन भित्रका जीवहरु र किराहरु जमीन बाहिर निस्कने हुँदा बाहिर हिँडडुल गर्न र....
पुरा पढ्नुहोस »

इनर्जी बैंकिङको अभ्यास शुरु : २०० मेगावाट विद्युत् भारत पठाइयो

काठमाडौँ, ३१ असार (रासस) ः सरकारले भारतसँग ‘इनर्जी बैंकिङ’को अभ्यास शुरु गरेको छ । देशभित्र अविरल वर्षाका कारण बाढी पहिरो र डुबानले विद्युत् माग उल्लेख्य रुपमा गिरावट आएपछि सरकारले बढी भएको विद्युत् भारत पठाई सो अभ्यास गरेको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा....
पुरा पढ्नुहोस »

शेयर बजार : नेप्से परिसूचक उकालो

काठमाडौँ, ३१ असार (रासस) ः धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक उकालो लागेको छ ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ४.४५ विन्दुले बढेर एक हजार २५९.०१ बिन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.९७ विन्दुले बढेर २७१.२५ मा....
पुरा पढ्नुहोस »

राप्रपा संयुक्तको बैठक काठमाडौँमा

काठमाडौँ, ३१ असार (रासस) ः राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)ले आगामी साउन ६ र ७ गते उच्चस्तरीय कार्य सम्पादन समितिको बैठक काठमाडौँमा बोलाएको छ ।  केन्द्रीय कार्यालय चाबहिलमा बस्ने उक्त बैठकमा अध्यक्षद्वय पशुपतिशम्शेर जवरा र डा प्रकाशचन्द्र लोहनीले राजनीतिक कार्यपत्र प्रस्तुत गर्नुहुनेछ ।....
पुरा पढ्नुहोस »

रुसको रोस्तोभमा आतंकवादी आक्रमणको प्रयास

मस्को, ३१ असार (रासस÷सिन्ह्वा) – रुसको संघीय सुरक्षा सेवाले मुलुकको दक्षिणी रोस्तोभ क्षेत्रमा इस्लामिक आतंकवादी संगठन (आइएस)ले तयार पारेको आक्रमणको प्रयासलाई बिफल बनाइएको जनाएको छ । आइएसले प्रहरीमाथि आक्रमणको योजना बनाएको दाबी गरिएको छ । उक्त कार्यमा तीन जना रुसी नागरिक नै संलग्न रहेको संघीय....
पुरा पढ्नुहोस »

अष्ट्रेलियाको अस्पतालका हजारौँ स्वास्थ्यकर्मी आन्दोलनमा

सिड्नी,, ३१ असार (रासस÷सिन्ह्वा) ः अष्ट्रेलियाको एक राज्यका करिब २२ हजार स्वास्थ्यकर्मी आन्दोलित भएका  छन् । अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यका ती स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले आफूहरुमाथि असुरक्षा बढेको कारण देखाएर यस्तो आन्दोलन गर्न लागेको समाचारमा जनाइएको छ । अस्पताल एवम् स्वास्थ्य....
पुरा पढ्नुहोस »

साहित्यिक जमघटकाबीच ह्युस्टनमा भानु जयन्ती समारोह सम्पन्न

ह्युस्टन, टेक्सस, जुलाई १४/ नेपालीहरु संसारको जुनसुकै ठाउँमा गएपनि आफ्नो भाषा र संस्कृति भुल्न सक्दैनन्। र, प्रवास मै भएपनि आफू बसेको स्थानमा भाषा, संस्कृति र नेपालीपनको जगेर्ना गर्न पछि पर्दैनन् भन्ने कुराको राम्रो उदाहरण हिजो टेक्ससको ह्युस्टनस्थित श्रीपशुपतिनाथ मन्दिरमा आयोजित २०६ औं भानु....
पुरा पढ्नुहोस »