Day: १७ श्रावण २०७६, शुक्रबार १५:०२

 थुनाबाट छुटाइदिन्छु भन्दै ठगी

काठमाडौँ, १७ साउन : थुनामा रहेका व्यक्ति छुटाइदिन्छु भनी ठगी हुने गरेको पाइएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले एक व्यक्तिलाई पक्राउ गरेपछि उक्त रहस्य खुलेको हो । थुनामा रहेका व्यक्तिलाई छुटाइदिने भनी रु एक लाख ठगी गरेको खुल्न आएको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले....
पुरा पढ्नुहोस »

जुलाईमा अमेरिकी रोजगारी सिर्जनामा सुस्तता

वासिङ्टन, १७ साउन :  संयुक्त राज्य अमेरिकामा रोजगारीका अवसर सिर्जनाको स्थिति जुलाई महिनामा जुनको तुलनामा केही सुधार देखिएपनि अझै सुस्तता देखिएको अमेरिकी सरकारले शुक्रबार बताएको छ ।   जुलाईमा अमेरिकामा एक लाख ६४ हजार रोजगारी सिर्जना भएका र यो जुनको तुलनामा केही सुधारको सङ्केत भएपनि सन्तोषजनक भने....
पुरा पढ्नुहोस »

मेलम्ची खानेपानी  पाइप सफा गर्ने क्रममा दुईको मृत्यु

काठमाडौ, १७ साउन   : काठमाडौँ महानगरपालिका–१६ बालाजुस्थित मेलम्ची खानेपानी आयोजनाको पाइप सफा गर्ने क्रममा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बालाजु बाइपास बस्ने सप्तरी कनपट्टी शम्भुनाथ नगरपालिका–२ का २५ वर्षीय सुरेश साह र सोही ठाउँ घर भएका २० वर्षीय शिवकान्त साह रहेका प्रहरी प्रवक्ता प्रहरी....
पुरा पढ्नुहोस »

नेपालमा सुन इतिहासकै मह्ङ्गो  

  काठमाडौ, साउन १७। नेपालमा सुनको मुल्य इतिहासकै उच्च भएको छ । शुक्रवार सुन प्रतितोला ६५ हजार ८ सय रुपैयामा कारोवार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।  महासंघका अनुसार यो मूल्य अहिले सम्मकै सबै भन्दा मह्ङ्गो हो....
पुरा पढ्नुहोस »

नख्खुमा कैदी बीच कुटाकुट एकको मृत्यु 

काठमाडौँ, १७ साउन  : ललितपुरको नक्खुस्थित कारागारमा एक कैदीले सिमेन्टको ब्लक प्रहार गर्दा आज अर्का कैदीको मृत्यु भएको छ । कर्तव्य ज्यान मुद्दामा थुनामा रहेका सर्लाहीका ४५ वर्षीय पवनकुमार महत्तोको ब्लक प्रहारबाट कर्तव्य ज्यान मुद्दामै थुनामा रहेका बर्दियाका ३७ वर्षीय पूर्णबहादुर राजीको ज्यान....
पुरा पढ्नुहोस »

योगेश भट्टराईको सफलतासँग जोडिएका चुनौती

सिबी अधिकारी  काठमाडौँ, १७ साउन : ‘‘म परिणाम देखिने गरी काम गर्छु’’ तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पदभार ग्रहणका क्रममा भन्नुभएको थियो । विसं २०७४ चैत २ गते पर्यटनमन्त्रीको जिम्मेवारी लिएपछि गरेको प्रतिबद्धतामा कहिल्यै पछाडि फर्कनु परेन । त्यतिबेला गरिएका....
पुरा पढ्नुहोस »

‘कर्मचारीले तोकिएको जिम्मेवारी पूरा नगरे त्यसको परिणाम भोग्नुपर्छ’ : मन्त्री लालबाबु पण्डीत 

काठमाडौँ, १७ साउन : सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले राष्ट्रसेवक कर्मचारीले तोकिएको जिम्मेवारी पूरा नगरे त्यसको परिणाम भोग्नुपर्ने बताउनुभएको छ ।   मन्त्रालयद्वारा आज यहाँ आयोजित आर्थिक वर्ष २०७५÷७६ को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान....
पुरा पढ्नुहोस »

सरकारी कोटामा छात्रवृत्तिमा अध्ययन गरेकालाई परिचालन गर्न समिति गठन

काठमाडौँ, १७ साउन  : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छात्रवृत्तिमा उच्च शिक्षा अध्ययन गरेका विद्यार्थीलाई परिचालन गर्ने सम्बन्धमा अध्ययन गर्न समिति गठन गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आज मन्त्रिस्तरीय निर्णय गर्दै विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष डा....
पुरा पढ्नुहोस »

सर्पदंश उपचार प्रणालीमा सुधार गर्नु आजको आवश्यकता : राष्ट्रपति भण्डारी

काठमाडौँ, १७ साउन : राष्ट्रपति विद्यादेवी भण्डारीले सर्पदंशको समस्या र यसबाट हुने मृत्युुदर घटाउन विभिन्न रोकथामका कार्यक्रमहरू सञ्चालन, जनचेतना अभिवृद्धि र उपचार प्रणालीमा सुधार गर्नु आजको आवश्यकता भएको बताउनुभएको छ ।   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय तथा विपी कोइराला स्वास्थ्य विज्ञान....
पुरा पढ्नुहोस »

साउदीमा अब  पुरुष अभिभावकको अनुमति बिना नै महिलाले यात्रा गर्न पाउने

 रियाद, १७ साउन : साउदी अरेबियाका महिलाहरुले अब पुरुष अभिभावकको अनुमति बिना नै विदेश यात्रा गर्न पाउने भएका छन् । लामो समयदेखि महिलालाई लगाइएको प्रतिबन्धको अन्तर्राष्ट्रिय आलेचनापछि यसको अन्त्य भएको साउदी सरकारले बिहीबार जानकारी दिएको छ ।   बिहीबार जारी शाही आदेश अनुसार २१ वर्ष पुगेका युवतीले....
पुरा पढ्नुहोस »

यूराेप जान लागेका ७५ गैरकानूनी आप्रवासीको लिबियाको तटीय क्षेत्रबाट  उद्धार

  त्रिपोली, १७ साउन  – लिबियामा ७५ जना गैरकानूनी आप्रवासीलाई देशको पश्चिमी तटीय क्षेत्रबाट उद्धार गरिएको छ । दुई दिनमा ती ७५ गैरकानूनी आप्रवासीकोे उद्धार गरिएको लिबियाली गृह मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।   लिबियाको राजधानी त्रिपोलीबाट १ सय २० किलोमिटर पश्चिममा रहेको जुवारा शहरबाट....
पुरा पढ्नुहोस »

३३ किलो सुन काण्डमा सर्वोच्चको फैसला : गोल्यान १० लाख धरौटीमा छुटे, अन्य जेलमै रहने

 कालिका खड्का काठमाडौँ, १७ साउन  : सर्वोच्च अदालतले साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा व्यापारी महावीर गोल्यान बाहेकका अन्य सबैलाई उच्च अदालत विराटनगरले गरेको फैसलालाई सदर गरेको छ ।   न्यायाधीशद्वय अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको इजलासले आज सो फैसला गरेको हो । व्यापारी....
पुरा पढ्नुहोस »