अमेरिका २४ मार्च/ अमेरिकामा चार्टड एकाउन्टेन्ट तथा लेखा व्यवसायमा आबद्ध नेपालीहरूको शनिवार भर्जिनियामा सम्पन्न भेलाले अमेरिकी कानुन अनुसार दर्ता भएको युएस च्याप्टर अफ आइक्यानको घोषणा गरेको छ । भेलामा नेपालस्थित नेपाल चार्टर्ड एकाउन्टेन्ट् संस्था (आइक्यान)को सदस्यता लिएका चार्टड एकाउन्टेन्ट तथा रजिष्टर्ड लेखा परिक्षकहरुको सहभागिता रहेको थियो ।
केही महिना पहिले गणेश बानियाँ, नयाराज बराल, टिका आचार्य, सुदर्शन चापागाई, इश्वोर पोखरेल, बिराजन पन्त, लक्ष्मण भण्डारी, एक क्षेत्री र विनोद लम्साल रहेको नौ सदस्सीय समिति बनाएको थियो ।
भेलामा आइक्यान नेपालका अध्यक्ष प्रकाशजंग थापा, निवर्तमान अध्यक्ष महेश खनाल, पूर्व अध्यक्ष प्रकाश लम्साल र काउन्सिल सदस्य सूर्यप्रसाद अधिकारीको उपस्थिति रहेको थियो ।
अमेरिकामा आइक्यानका करिब ७० सदस्यहरू रहेको अनुमान छ । तीमध्ये सम्पर्कमा पुगेर ३६ जना च्याप्टरमा विधिवत सदस्य भइसकेका छन् । ‘युएस च्याप्टर अफ आइक्यान लेखा व्यवसायीहरूको अर्थपूर्ण व्यावसायिक संगठन बनाउने लक्ष्यका स्थापना भएको छ’ बानियाँले भने, ‘पेशागत अन्तक्र्रिया गर्ने थलो हुनेछ । लेखा तालीम सञ्चालन गर्ने, नयाँ आउनेलाई रोजगारीको नेटवर्किङ, अन्तर्वार्ताको तयारी, प्रविधिको जानकारी गराइनेछ ।’
प्रतिक्रिया लेख्नुहोस्:-