Day: ४ आश्विन २०७६, शनिबार १८:१६

परराष्ट्रमन्त्री ज्ञवाली न्यूयोर्क प्रस्थान

काठमाडौँ, ४ असोज ।परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली संयुक्त राष्ट्रसङ्घको ७४औँ महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज न्यूयोर्कतर्फ प्रस्थान गर्नुभएको छ । मन्त्री ज्ञवालीका साथ उहाँकी धर्मपत्नी सरस्वती ज्ञवाली पनि हुनुहुन्छ ।     मन्त्री ज्ञवाली नेतृत्वको....
पुरा पढ्नुहोस »

कबड्डी ३ पहिलो दिन नै करोड क्लवमा

काठमाडौं, असोज ४ । कबड्डी ३ ले प्रर्दशनको पहिलो दिन नै नेपाल बक्सअफिसको करोड क्लवमा प्रवेश गरेको छ ।   चलचित्रले पहिलो दिन नै १.४७ करोडको व्यापार गरेको छ । दोस्रो दिन शनिबार फिल्मले देशव्यापी १ करोड ७८ लाख कमायो । दुई दिनको कूल कमाइ ३ करोड २५ लाख हुन आउँछ । वितरण कम्पनी स्टेसन फाइभले यसलाई पुष्टि गरेको....
पुरा पढ्नुहोस »

अमेरिकामा अर्को गोली काण्ड : साउथ क्यारोलिनास्थित रात्रिक्लवमा गोली चल्दा दुईको मृत्यु नौ जना घाइते

       वासिङ्टन, ४ असोज :  अमेरिकी राज्य साउथ क्यारोलिनामा आज राति गोली चल्दा कम्तीमा दुई जनाको मृत्यु भएको अमेरिकी अधिकारीले बताएका छन् ।     स्थानीय समय अनुसार रातको २ बजेर ४५ मिनेटको समयमासाउथ क्यारोलिनाको लानकाष्टरस्थित हाइवे ५२१ सडक नजिकै रहेको वल्ड स्कूल स्पोर्ट्स बार र ग्रिल अन वल्ड चार्लोटीमा....
पुरा पढ्नुहोस »

फेरि चुनाव हार्न कास्की जान्न : वामदेव गौतम 

काठमाडौं असोज ४ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता वामदेव गौतमले आफू पोखराबाट चुनाव नलड्ने बताएका छन् । फेसबुकमा स्टाटस लेख्दै कास्की नजाने बताएका हुन् । उनले आफ्नो धारणा पार्टीको सचिवालय बैठकमा पनि राखेको बताएका छन् । गाैतमले स्टाटसमा लेखेका छन्,'आज बसेको हाम्रो पार्टीको सचिवालय बैठकलाई....
पुरा पढ्नुहोस »

मोबाइलमै जीवन बीमा

काठमाडौँ, ४ असोज : राष्ट्रिय बीमा संस्थानले जीवन बीमा सेवा र यसको सम्पूर्ण जानकारी अब मोबाइलबाटै उपलब्ध गराउने भएको छ ।     सरकारी स्वामित्वको नेपालकै पुरानो सो जीवन बीमा कम्पनीले बीमक र बीमितका लागि उपयोगी हुने मोबाइल एप्लिकेशन सार्वजनिक गरेको हो । संस्थानले संविधान दिवसको अवसर पारेर ‘राष्ट्रिय....
पुरा पढ्नुहोस »

ठक्करबाट पैदलयात्रीको मृत्यु

राँझा, ४ असोज : नेपालगञ्जमा मोटरसाइकलको ठक्करबाट आज एक पैदलयात्रीको मृत्यु भएको छ । सुर्खेतरोडमा शिक्षण अस्पताल अगाडि मोटरसाइकलले ठक्करबाट दाङको गढवा–७ का २२ वर्षीया सीता चौधरीको मृत्यु भएको हो । उनलाई उपचारका लागि शिक्षण अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी नायब निरीक्षक भीम वलीले....
पुरा पढ्नुहोस »

पीडितलाई न्याय र पीडकलाई सजाय दिलाउन माग

काठमाडौँ, ४ असोज : गम्भीर मानवअधिकार उल्लङ्घन गर्ने पीडकलाई सजाय र पीडित हुनेलाई न्याय दिनुपर्ने मानवअधिकारवादीहरुले माग गर्नुभएको छ । विश्व शान्ति दिवस तथा नेपालीको महान् पर्व शुभ विजयादशमीलगायत पर्वका अवसरमा मानवअधिकार तथा शान्ति समाज काठमाडौँ शाखाले आज यहाँ आयोजना गरेको शुभकामना आदान–प्रदान....
पुरा पढ्नुहोस »

रोनाल्डोलाई  निशुल्क बर्गर खुवाएको दावी गर्दै एक महिला सार्वजनिक   

    जाङ्बु शेर्पा, दूरबिन-नेपाल  अमेरिका, सेप्टेम्वर २१ । चर्चित फुटबलर क्रिष्टियानो रोनाल्डोलाई उनको संघर्षपूर्ण जीवनमा दैनीक रुपमा निशुल्क बर्गर खुवाउने  आफु भएको एक महिलाले दावी गरेकी छिन् । लिस्वनकी पाउला लिका नामकी महिलाले यस्तो दावी गरेकी हुन् ।   यसै साता ब्रिटेनको चर्चित टेलिभिजन....
पुरा पढ्नुहोस »

राजधानीमै पाइँदैन सूचना

 पूर्णप्रसाद मिश्र काठमाडौँ, ४ असोज : गाउँ ठाउँमै सिंहदरबार पुगेपछि सहजै सेवा सुविधा पाउने आशामा बसेका नागरिकले सामान्य कामका लागि पनि हैरानी व्यहोर्न बाध्य हुनुपरेको गुनासो गरेका छन् । राजधानीको उत्तरपूर्वी भेगमा रहेको गोकर्णेश्वर नगरपालिकामा चार महिनादेखि सूचनाको हकसम्बन्धी ऐन, २०६४ अनुसार....
पुरा पढ्नुहोस »

 विकासका विषयलाई जोडदार रुपमा राष्ट्रसङ्घमा उठाइँदै

काठमाडौँ, ४ असोज : गत मङ्गलबारदेखि शुरु भएको संयुक्त राष्ट्रसङ्घको ७४औँ महासभाअन्तर्गत आगामी सोमबारदेखि शुक्रबारसम्म न्युयोर्कमा हुने उच्चस्तरीय बैठकहरुमा नेपालले विकासका विषयलाई जोडदार रुपमा उठाउने भएको छ ।   विश्वका १८८ देशका राष्ट्राध्यक्ष वा सरकार प्रमुख वा उपराष्ट्रपति वा....
पुरा पढ्नुहोस »

दशै नजिकिदै तर मनसुन लम्बिने, अझै वर्षाको सम्भावना

काठमाडौँ, ४ असोज : नेपालबाट मनसुन अन्त्य हुने समय नजिकिँदै गर्दा मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेकाले मनसुनको समय लम्बिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   भारतको मध्य प्रदेशको उत्तर पश्चिमी भागमा र उत्तर प्रदेशको दक्षिणी....
पुरा पढ्नुहोस »

श्रीमानको हत्या गरेको अभियोगमा श्रीमतीसहित दुई पक्राउ

परासी, ४ असोज : श्रीमानको हत्या गरेको अभियोगमा श्रीमतीसहित दुई जनालाई पश्चिम नवलपरासी प्रहरीले नियन्त्रणमा लिएको छ । बिगत १५ दिनदेखि बेपत्ता रामग्राम नगरपालिका–३ घोडपाली निवासी ४१ वर्षीय तारा भनिने रवीन्द्रप्रसाद पाण्डेयको खोजतलासको क्रममा शुक्रबार घरछेउकै हरिसुशील आधारभूत विद्यालयको....
पुरा पढ्नुहोस »

मेडिकल कलेजलाई बढी शुल्क फिर्ता गर्न त्रिविको अनुरोध

 काठमाडौँ, ४ असोज  : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले एमविविएसको अध्ययनका लागि चितवन मेडिकल कलेज एण्ड साइन्सेज, भरतपुरलाई सरकारले तोकेकोभन्दा बढी लिएको भए शुल्क फिर्ता गर्न अनुरोध गरेको छ ।   त्रिविले विज्ञप्ति जारी गर्दै एमविविएस अध्ययनका लागि कलेजलाई २०७५ असोज २८ गते मन्त्रिपरिषद्ले तोकेको....
पुरा पढ्नुहोस »

संविधान जलाएको आरोपमा थारू कल्याणकारी सभाका अध्यक्षसहित तीन पक्राउ

राँझा, ४ असोज  संविधान जलाएको आरोपमा थारू कल्याणकारी सभा बाँकेका अध्यक्षसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । संविधानको विरोध गर्दै प्रदर्शनमा उत्रिएका थारू कल्याणकारिणी सभाका पदाधिकारीले कोहलपुरमा संविधान जलाउन खोजेकाले अध्यक्ष विनोद थारूसहित तीन जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय....
पुरा पढ्नुहोस »

खाडी क्षेत्रमा अमेरिकी सैनिक संख्या बढाउने ट्रम्पको घोषणा

वासिङ्टन, ४ असोज  – संयुक्तराज्य अमेरिकाले खाडी क्षेत्रमा थप सैनिक पठाउने शुक्रबार घोषणा गरेको छ । साउदी अरेबियाका महत्वपूर्ण तेल प्रशोधन केन्द्रहरुमा आक्रमण भएपछि अमेरिकाले उक्त कदम चाल्न लागेको हो ।   अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि थप प्रतिबन्धको घोषणा गरेको केही घण्टा नबित्दै....
पुरा पढ्नुहोस »