Month: १४ कार्तिक २०७६, बिहीबार १३:४१

खेतमा डुल्दै गैँडा

काठमाडौँ, १४ कात्तिक : चितवनको सौराहास्थित खेतमा बिहीबार डुल्दै गरेको दुर्लभ एकसिङगे गैंडा । विभिन्न क्षेत्रबाट उद्धार गरेर ल्याइएका गैंडा दैनिक गाउँगाउँ डुल्ने गरेको छ । तस्वीर : नारायण....
पुरा पढ्नुहोस »

बाध्यता : पक्कीपुल नहुँदा जोखिम मोलेर आवातजावत

डोल्पाको जगदुल्ला गाउँपालिकामा पर्ने बालुवाकुनामा पक्की पुल नहुँदा ढलेकै रुखबाट जोखिम मोलेर आवतजावत गर्दै सर्वसाधारण र सुरक्षाकर्मी । तस्बिरः रामचन्द्र....
पुरा पढ्नुहोस »

काङ्ग्रेस केन्द्रीय समिति बैठक शुक्रबार

 काठमाडौँ, १४ कात्तिक : नेपाली काङ्ग्रेसले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारको नाम टुङ्गो लगाउन शुक्रबार केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठक उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारको नाम टुङ्गो लगाउने....
पुरा पढ्नुहोस »

जिप दुर्घटना हुँदा २३ घाइते

 धादिङ, १४ कात्तिक : दक्षिणी धादिङको गजुरी गाउँपालिका वडा नं २ मलेखु भण्डारा सडकखण्डस्थित तुनी खोलामा आज ताल्तीबाट मलेखुतर्फ आउँदै गरेको ग१ज ३०११ नम्बरको बोलेरो जिप पल्टिँदा २३ जना घाइते भएका छन् । जिपमा ३० जना सवार रहेको बताइएको छ । कच्ची सडकबाट करीब २५ मिटर तल खोलामा खसेर दुर्घटना भएको जिल्ला....
पुरा पढ्नुहोस »

ढुङ्गाले हानेर श्रीमतीको हत्या

 धरान, १४ कात्तिक : धरान–१५ खोरिया बस्तीमा श्रीमान्ले ढुङगाले हानेर गएराति श्रीमतीको हत्या गरेका छन् । धरान–१५ खोरिया बस्तीका अर्जुन राईले गएराति ८ः०० बजेको समयमा श्रीमती बीना राईलाई खोलाको डिलमा लगेर ढुङगाले हानी हत्या गरेको प्रहरीले जनाएको छ । धरान–५ पानवारी माइती बस्दै आएकी बीना हिजो मात्रै घर....
पुरा पढ्नुहोस »

उपनिर्वाचन : काङ्ग्रेसद्वारा उम्मेदवारको नाम सिफारिश, नेकपालाई सकस

भक्तपुर, १४ कात्तिक : आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारको आकाङ्क्षी धेरै भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भक्तपुरलाई उम्मेदवारको नाम छनोट गर्न सकस भएको छ ।   प्रदेश नं ३ अन्तर्गत भक्तपुर क्षेत्र नं १ (क) को प्रदेशसभा सदस्यको उपनिर्वाचनका लागि आकाङ्क्षी धेरै देखिएपछि नेकपालाई....
पुरा पढ्नुहोस »

प्रधानमन्त्री ओलीको दुई दिनमा दुई पटक डायलाइसिस, आज डिस्चार्ज हुने अस्पतालको भनाई

 काठमाडौँ, १४ कात्तिक  :  काठमाडौँस्थित ग्राण्डी इन्टरनेशनल अस्पतालमा उपचार गराइरहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली आजै डिस्चार्ज हुने अस्पतालले आज एक विज्ञप्ति जारी गरी जनाएको छ । प्रधानमन्त्री ओली सो अस्पतालमा हेमोडायलाइसिसका लागि हिजो भर्ना हुनुभएको थियो । उहाँको स्वास्थ्य स्थिति सामान्य....
पुरा पढ्नुहोस »

हत्याको आरोपमा आठ जना पक्राउ

 राजापुर, १४ कात्तिक : प्रहरीले बर्दियाको ठाकुरबाबा नगरपालिका–८ का एक युवकको हत्याको आरोपमा आठ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा ठाकुरबाबा नगरपालिका–७ का २७ वर्षीय सन्तोष रोकाय, ३६ वर्षीय देवी रोकाय, २० वर्षीय अर्जुन बुढा, २५ वर्षीय कमल बुढा, २४ वर्षीय शरण रोकाय, ३२ वर्षीय उमेश बुढा, २४ वर्षीय....
पुरा पढ्नुहोस »

जापानमा एक हप्ताभित्र दोस्रो मन्त्रीद्वारा राजिनामा, प्रधानमन्त्रीलाई ठूलो धक्का

 टोकियो, जापान, १४ कात्तिक : जापानका न्यायमन्त्री कात्सुयुकी कावाईले बिहीबार राजिनामा दिनुभएको छ । एक हप्तामा दुई जना मन्त्रीको राजिनामापछि प्रधानमन्त्री सिन्जो आवेलाई ठूलो धक्का लागेको छ । कावाईकी पत्नीले निर्वाचन कानूनको उल्लङ्घन गरेको आरोपपछि न्यायमन्त्री कावाईले नैतिकताका आधारमा राजिनामा....
पुरा पढ्नुहोस »

बोइङका ५० वटा बिमानमा क्षति भएको देखिएपछि “ग्राउन्डेड”

सिड्नी, १४ कात्तिक – बोइङ कम्पनीका निकै लोकप्रिय ७३७एनजी सिरिजका ५० वटा बिमानमा क्षति (क्राक्स) पुगेको भेटिएपछि उडान प्रतिबन्ध (ग्राउन्डेड) गरिएको कम्पनीले बिहीबार घोषणा गरेको छ । यसअघि नै दुई वटा घातक दुर्घटना व्यहोरेको बोइङका लागि यो अर्को गम्भीर समस्या हो ।   अस्ट्रेलियाली राष्ट्रिय ध्वजाबाहक....
पुरा पढ्नुहोस »

पाकिस्तानमा गुडिरहेको रेलमा आगलागी, साठी भन्दा बढी यात्रुको मृत्यु

 इस्लामाबाद ,१४ कात्तिक : पाकिस्तानमा बिहीबार बिहान गुडिरहेको एउटा रेलमा आगलागी हुँदा साठी भन्दा बढी यात्रुको मृत्यु भएको छ । यस दुर्घटनामा अरु कैयौँ घाइते भएका स्थानीय यातायात अधिकारीहरुले जानकारी दिएका छन् ।   पाकिस्तानको कराँची शहरबाट रावलपिण्डीतर्फ गइरहेको तेजगाम एक्स्प्रेसको रेलमा बिहीबार....
पुरा पढ्नुहोस »

प्रबल गुरुङको आत्माकथा नोभेम्वर १२ देखि वजारमा आउने

दूरवीन नेपाल नेपालीमूलका अमेरिकी नागरिक तथा विश्वप्रशिद्ध हलिउड फेसन डिजाइनर प्रबल गुरुङको आत्माकथा प्रकाशित भएको छ । नोभेम्वर १२ देखि वजारमा आउने प्रवल गुरुङ नामक आत्मकथामा उनले काठमाडौंदेखि न्यूयोर्क सम्मको यात्रालाई उतारेका छन । उनले आफ्नो पुस्तकलाई एक आप्रावासिको कहानी भएको वताउदै आफ्नो....
पुरा पढ्नुहोस »

ट्विटरले लगायो राजनीतिक विज्ञापनमा प्रतिबन्ध

दूरवीन नेपाल सामाजिक सञ्जाल ट्विटरले राजनीतिक विज्ञापनमा विश्वव्यापी प्रतिबन्ध लगाउने घोषणा गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत ज्याक डोर्सीले ट्वीट गर्दै इन्टरनेटबाट गरिने विज्ञापन व्यापारिक विज्ञापनदाताहरूका लागि अविश्वसनीय रूपमा शक्तिशाली र निकै प्रभावकारी भए पनि त्यसले राजनीतिमा....
पुरा पढ्नुहोस »

समुद्रमा गाडियो अबु बकर अल बगदादीको शव

दूरवीन नेपाल आतंकवादी संगठन आईएसआईएसका नेता अबु बकर अल बगदादीको शवलाई समुद्रमा समाधिस्त गरिएको युएस सेन्ट्रल कमान्डका प्रमुख जनरल फ्रान्क म्याकेन्जीले जनाएका छन । तर सैन्य प्रमखु म्याकेन्जीले समाधिस्थ गरेको स्थानका बारे भने केही खुलाएका छैनन । पेन्टागनमा सञ्चारकर्मीहरुलाई प्रतिक्रिया....
पुरा पढ्नुहोस »

हत्याको आरोपमा बाबुछोरा पक्राउ

राजविराज, १३ कात्तिक: सप्तरीको कञ्चनरुप नगरपालिका–५ पिपराटोल बस्ने २३ वर्षीय अजय मुखियालाई गाडेर हत्या गरेको आरोपमा पक्राउ परेका बाबुछोरालाई प्रहरीले आज सार्वजनिक गरेको छ ।   जिल्ला प्रहरी कार्यालय राजविराजमा आयोजित पत्रकार सम्मेलनमा मुखियाको हत्याको आरोपमा पक्राउ परेका स्थानीयवासी श्रीलाल....
पुरा पढ्नुहोस »