Day: १५ कार्तिक २०७६, शुक्रबार २३:५३

हाइटीमा आन्दोलन : अहिलेसम्म ४२ को मृत्यु

जेनेभा, १५ कात्तिक  हाइटीमा भइरहेको आन्दोलनका क्रममा अहिलेसम्म कम्तीमा ४२ जनाको मृत्यु भएको छ । प्रदर्शनका क्रममा भएका झडपमा परी अरु दर्जनौ घाइते पनि भएको अधिकारकर्मी तथा अनुगमनकर्ताहरुले शुक्रबार जानकारी दिएका छन् । हाइटीमा गत सेप्टेम्बर महिनाको मध्यदेखि सरकार विरोधी आन्दोलन चर्किदै गएको छ ।....
पुरा पढ्नुहोस »

धुम्रपानले सानो उमेरमा नै मानिस बुढो देखिन्छ : अध्ययन

वासिङ्टन डिसी, १५ कात्तिक    अत्यधिक धुम्रपान गर्नेहरूलाई थोरै उमेरमा पनि बुढोजस्तो देखिने समस्या हुने एक अध्ययनले देखाएको छ । हालै सार्वजनिक भएको अध्ययन प्रतिवेदनका अनुसार चुरोट बढी सेवन गर्नेहरूलाई वास्तविक उमेरभन्दा बढी बुढो देखिने गरेको छ । ब्रिष्टोलको लुईस मिल्लार्ड विश्वविद्यालयका....
पुरा पढ्नुहोस »

अमेरिकामा अक्टोबरमा मात्रै सवा एक लाख रोजगारी थप

वासिङ्ट्न, १५ कात्तिक अमेरिकामा गत अक्टोबर महिनामा मात्रै एक लाखभन्दा बढी नयाँ रोजगारी सिर्जना भएको छ । सरकारी अधिकारीहरूले शुक्रबार दिएको जानकारी अनुसार गत महिना अमेरिकी श्रम बजारमा एक लाख २८ हजार जनाले जागिर पाएका छन् । श्रम विभागले मासिकरूपमा तयार पार्ने गरेको रोजगारी विवरणमा अपेक्षित सुधार....
पुरा पढ्नुहोस »

नेपालीको लागि टिपिएस एक वर्ष थपियो

अमेरिका, नोभेम्वर १ । अमेरिकी डीपामेन्ट अफ होमल्याण्ड सेक्रेटरीले नेपालीको टेम्पमेरेरि प्रोटेक्सन स्टेटस अर्थात अमेरिकामा अस्थायी वसोवासको अवधिलाई सन २०२१ को जनवरि ४ सम्मको निम्ति वढाएको छ । होमल्याण्ड सेक्रेटरीले गत हप्ता मात्र इल साल्भाडोरको टिपिएस अवधि वढाए पनि नेपालीको हकमा भने पर्ख र हेरको....
पुरा पढ्नुहोस »

राष्ट्रिय पोषण अभियानको शुभारम्भ

काठमाडौँ, १५ कात्तिक: राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय पोषण अभियानको शुभारम्भ गर्नुभएको छ । जन्मेको छ महिनादेखि २३ महिनासम्मका बालबालिका, गर्भवती आमा, प्रजनन उमेरका महिलालाई आवश्यक पर्ने पोषक तत्व खाद्यान्नमार्फत उपलब्ध गराउने ध्येयले बलियो नेपाल नामक गैरसरकारी संस्थाले आजदेखि सो....
पुरा पढ्नुहोस »

काङ्ग्रेसमा उम्मेदवार चयनको अधिकार पदाधिकारीलाई

 काठमाडौँ, १५ कात्तिक : नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठकले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार चयन गर्न पार्टीको विधानअनुसार पार्टीका पदाधिकारीलाई अधिकार प्रत्यायोजन गरेको छ ।   पार्टी केन्द्रीय कार्यालयमा आज बसेको बैठकले उपनिर्वाचनमा प्रतिनिधि सभा र....
पुरा पढ्नुहोस »

उपनिर्वाचन : काङ्ग्रेसको विरासत भत्काउने दाउमा नेकपा

काशीराम शर्मा बाँके, १५ कात्तिक: प्रमुख तीन ठूला दलले उम्मेदवार सिफारिश गरेसँगै कोहलपुर नगरपालिकाको वडा नं ६ मा उपनिर्वाचनको माहोल बढ्दै गएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट रामशरण थारु, नेपाली काङ्ग्रेसबाट कृष्ण थारु र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट श्रीधर सुवेदीलाई उम्मेदवार सिफारिस....
पुरा पढ्नुहोस »

अपहरणको आरोपमा दुई भारतीय नागरिक पक्राउ

 सप्तरी, १५ कात्तिक : सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–९ स्थित मामाघर आएकी आठ वर्षीया बालिकाको अपहरण गर्ने प्रयास गरेको आरोपमा दुई भारतीय नागरिक पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा भारत विहार राज्य सुपौल बैरियाघाटका २२ वर्षीय अमिर झा र सुपौलकै बथनाहाका २० वर्षीय आनन्द गोस्वामी रहेको....
पुरा पढ्नुहोस »

म्याग्दीमा जीप दुर्घटनामा दुईको मृत्यु

 म्याग्दी, १५ कात्तिक : म्याग्दीको मालिका गाउँपालिका–२ रुममा आज दिउँसो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्युहुनेमा मालिका–२ का २२ वर्षीय सपबहादुर श्रीपाली र ४० वर्षीय चन्द्रबहादुर पुन रहेको प्रहरीले जनाएको छ । दरवाङ बजारदेखि रुम जाँदै गरेको ध १ ज ५९८ नं को जीप दरवाङ–रुम सडकको ताक्सेमा....
पुरा पढ्नुहोस »

मुख्यमन्त्री गुरुङ अमेरिका प्रस्थान

 कास्की, १५ कात्तिक : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ आज अमेरिका प्रस्थान गर्नुहुने भएको छ । अमेरिकी ‘डिपार्टमेण्ट अफ जस्टिस’को निमन्त्रणामा मुख्यमन्त्री गुरुङसहित प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान, मुख्य न्यायाधिवक्ता डा राजेन्द्र घिमिरे र प्रदेश....
पुरा पढ्नुहोस »

कार्यकर्ता पक्राउ गरिएको भन्दै तरुण दलको ध्यानाकर्षण

काठमाडौँ, १५ कात्तिक  : नेपाल तरुण दलले नेपालगञ्ज नगरका अध्यक्ष सन्दीपजङ्ग शाहलगायत अन्य स्थानीय नेता÷कार्यकर्तालाई शान्तिपूर्णरूपमा घरायसी छलफलमा रहेको अवस्थामा नेपाल प्रहरीले पक्राउ गरिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । लोकतन्त्रवादी तरुणहरुलाई विभिन्न झुटा बहानामा पक्राउ गरी....
पुरा पढ्नुहोस »

दुर्घटनामा विदेशी पर्यटकको मृत्यु

 दमौली, १५ कात्तिक  : पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ मस्र्याङ्दी रिसोर्ट नजिक आज भएको मोटरसाइकल दुर्घटनामा परी एक विदेशी पर्यटकको मृत्यु भएको छ ।   आँबुखैरेनीबाट डुम्रेतर्फ आउँदै गरेको प्रदेश ३–०२००५ प ७६०८ नं को मोटरसाइकल आफैँ अनियन्त्रित भई पल्टिँदा मोटरसाइकल चालक....
पुरा पढ्नुहोस »

प्रधानमन्त्रीद्वारा क्रिकेट टोलीका कप्तान मल्ललाई शुभकामना

काठमाडौँ, १५ कात्तिक : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली क्रिकेट टोलीका कप्तानमा छानिनुभएका ज्ञानेन्द्र मल्ललाई बधाई दिनुभएको छ । आज ट्वीट गर्दै उहाँले कप्तान मल्ललाई शुभकामनासहित उहाँको नेतृत्वमा नेपाली क्रिकेटले नयाँ उचाइ प्राप्त गर्ने विश्वाससमेत व्यक्त गर्नुभएको छ । मल्ललाई केही दिनअघि....
पुरा पढ्नुहोस »

मुरी भित्राउने चटारो …

म्याग्दीको बेनी नगरपालिका वडा नं ३ भकिम्लीमा धान झार्दै गरेका किसान । तिहारसके लगतै यहाँका किसानहरुलाई यतिबेला धान काटन हतारहतार भएको छ । तस्वीर :  ध्रुर्बसागर....
पुरा पढ्नुहोस »

हिमाल देखि मुन्तिर चौरी चर्ने खर्क…

जाडो शुरु भएसँगै मनाङका चौरी गोठहरु बेसी झर्न थालेका छन । मनाङको ङिस्याङ गाउँपालिका ४ स्थित भ्राकामा चर्दै गरेका चौरी । पृष्ठभूमिमा अन्नपुर्ण दोस्रो, तेस्रो, चौथो र तिलिचो पिकको मनोरम दृश्य । तस्वीरः नवीन....
पुरा पढ्नुहोस »