Day: १९ कार्तिक २०७६, मंगलवार १८:४०

नियाग्रा फल्समा अडकेको पानीजहाजको अवशेष एक सय एक बर्षपछि सर्यो

दूरबिन नेपाल अमेरिका र कयानाडाको सिमामा रहेको प्रमुख पर्यटकीय स्थल नियाग्रा फल्सको विच चट्टानमा एक सय एक बर्ष देखि अडकेर रहेको पानी जहाजको अवशेष अर्थात सिपव्रेकले अफ्नो दिशा परिवर्तन गरेको छ । ठुलो आंधीहुरी पछि सन १९१८ देखि अडकेर रहेको जहाजको सो अवशेष एक सय ५० फिट तल सरेको नियाग्रा फल्सका....
पुरा पढ्नुहोस »

असन्तुष्टिबीच नेकपा–राजमो तालमेल

 –रामबहादुर थापा बागलुङ, १९ कात्तिक : बागलुङ–२ (ख) मा हुने उपनिर्वाचनमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थानीय नेता, कार्यकर्ता आफ्नै उम्मेदवार हुनुपर्ने पक्षमा थिए । एक्लै लडे पनि चुनाव जितिने जिकिर उनीहरुको थियो । आफ्नो पार्टीको समर्थनमा अघिल्लो चुनाव जितेको राष्ट्रिय जनमोर्चालाई....
पुरा पढ्नुहोस »

नेपाल–युएई श्रम समझदारी आजदेखि कार्यान्वयनमा

 अशोक घिमिरे काठमाडौँ, १९ कात्तिक : नेपाल र संयुक्त अरब इमिरेट्स (युएई)बीच भएको श्रम समझदारी आजदेखि औपचारिक कार्यान्वयनमा आएको छ । कामदारको भर्ना, रोजगारी र फिर्तासम्बन्धी प्राविधिक विषय दुई देशका प्रतिनिधि सम्मिलित संयुक्त कार्य समूहको बैठकले टुङ्ग्याएसँगै सो समझदारी कार्यान्वयनमा आएको हो....
पुरा पढ्नुहोस »

कहाँ हुँदैछ उपनिर्वाचन

नारायण न्यौपाने÷अशोक घिमिरे काठमाडौँ, १९ कात्तिक: – आगामी मङ्सिर १४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य तथा स्थानीय तहका विभिन्न पदाधिकारी गरी ५२ पदका लागि उपनिर्वाचन हुँदैछ ।   निर्वाचन आयोगका अनुसार एक प्रतिनिधिसभा सदस्य, तीन प्रदेशसभा सदस्य, एक उपमहानगरपालिका प्रमुख, तीन गाउँपालिका अध्यक्ष, एक....
पुरा पढ्नुहोस »

“टिममा अट्न प्राप्त अवसरलाई प्रमाणित गर्नु पर्दछ” ईनेष्टो भलर्भडे

न्युयोर्क ।  ईनेष्टो भलर्भडेले बार्सिलोना सम्हाले यता अवे म्याचहरुमा टिमको प्रर्दशन निकै फितलो भएको छ । पछिल्लो दुई सिजन यता होम गेममा बलियो अग्रता लिएता पनि अवे गेममा फितलो खेल प्रस्तुत गर्दै लज्जास्पद हार व्यर्होदै च्याम्पीयन्स लिगबाट बार्सिलोना बाहिरिएको छ । २०१७÷१८ को सिजनमा घरेलु मैदानमा....
पुरा पढ्नुहोस »

अमेरिकी निर्णयप्रति फ्रान्सका राष्ट्रपतिद्वारा दुःख व्यक्त

साङ्घाइ, १९ कात्तिक : अमेरिकाले जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताबाट पछि हट्ने गरी मङ्गलबार संयुक्त राष्ट्रसंघसमक्ष औपचारिक रुपमा नै पत्राचार गरेपछि फ्रान्सले सो निर्णयप्रति दुःख व्यक्त गरेको छ ।   फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याँक्रोले अमेरिकाको सो निर्णयले आफूलाई दुःख लागेको कुरा....
पुरा पढ्नुहोस »

प्रदेश प्रमुख परिवर्तन स्वाभाविकः अध्यक्ष दाहाल

 राँझा, १९ कात्तिक : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश प्रमुख परिवर्तन हुनु स्वाभाविक प्रक्रिया भएको बताउनुभएको छ ।प्रेस सङ्गठन बाँके शाखाले आज नेपालगञ्ज विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले यो प्रक्रियालाई सामान्य....
पुरा पढ्नुहोस »

मलेशिया रोजगारी : स्वास्थ्य परीक्षणको नाममा लिएको रकम फिर्ता गर्न विभागको निर्देशन

 काठमाडौँ, १९ कात्तिक : वैदेशिक रोजगार विभागले मलेशिया रोजगारीका नाममा पूर्वस्वीकृतिलगायतका प्रक्रिया पूरा नगरी ‘मेडिकल एक्जामिनेसन’ तथा ‘इमिग्रेसन सेक्युरिटी क्लियरेन्स’का नाममा कामदारसँग रकम असुल नगर्न निर्देशन दिएको छ ।   वैदेशिक रोजगारीसँग सम्बन्धित प्रक्रिया पूरा नगरी विभिन्न बहानामा....
पुरा पढ्नुहोस »

सामुदायिक विद्यालयमा विद्यार्थीको अभाव

बैतडी, १९ कात्तिक : दशरथचन्द नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा विद्यार्थीको अभाव भएको छ । ओडा नं १० स्थित ज्ञानेश्वर आधारभूत विद्यालय र शान्ति आधारभूत विद्यालयमा विद्यार्थीको सङ्ख्या शून्य भएकाले ती विद्यालयका शिक्षकलाई अर्को विद्यालयमा काज सरुवा गरिनाका साथै विद्यालय पनि बन्द गरिएको छ ।वडा....
पुरा पढ्नुहोस »

राष्ट्रपतिबाट नवनियुक्त प्रदेश प्रमुखलाई शपथ

 काठमाडौँ, १९ कात्तिक : राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रदेश प्रमुखलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति भवन, शीतलनिवासमा आज आयोजित विशेष समारोहमा उहाँले नवनियुक्त प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ (प्रदेश नं १), तिलक परियार (प्रदेश नं २), विष्णुप्रसाद प्रसार्इँ (प्रदेश....
पुरा पढ्नुहोस »

राष्ट्रपतिसमक्ष लोकसेवा  आयोगको प्रतिवेदन पेश

काठमाडौँ, १९ कात्तिक : राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले ६० औँ  वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ ।   राष्ट्रपति भवन शीतल निवासमा आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीलाई उहाँले आर्थिक वर्ष २०७५÷०७६ को प्रतिवेदन पेश गर्नुभएको हो । संवैधानिक....
पुरा पढ्नुहोस »

पाँच वर्षभित्र नेपाल डिजिटल बन्ने

विराटनगर, १९ कात्तिक : अगामी पाँच वर्ष भित्रमा डिजिटल नेपाल बनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले डिजिटल नेपाल कार्यक्रम कार्यान्वयन कार्ययोजना बनाइसकेको छ ।   कार्यक्रम कार्यान्वय कार्ययोजनाका विषयमा मन्त्रालयद्वारा यहाँ आयोजित अभिमुखीकरण कार्यक्रममा मन्त्रालयले आठ वटा क्षेत्र डिजिटल....
पुरा पढ्नुहोस »

निर्माणाधीन सडकमा दुर्घटना बढे

 विराटनगर, १९ कात्तिक : लामो समयदेखि निर्माणाधीन रहेको विराटनगर–धरान सडकको निर्माणकार्य समयमै सम्पन्न नहुँदा सडक दुर्घटनामा वृद्धि भएको पाइएको छ । छ लेनको सो सडकका बीच–बीचमा रहेका खाल्डाखुल्डी छन् भने यो बाटो निर्माण शुरु भएको लगभग छ वर्ष भइसकेको छ ।   सडकमा सवारी चाप बढ्नु र बाटो नबन्नु सवारी....
पुरा पढ्नुहोस »

बाँदर मार्न बोकेको बन्दुक पड्किएर एक किशोरको मृत्यु

ओखलढुङ्गा, कात्तिक १९  : ओखलढुङ्गामा बाँदर मार्न बोकेको बन्दुक पड्किएर एक किशोरको मृत्यु भएको छ । जिल्लाको मोलुङ गाउँपालिका–३ थुम्कीका १७ वर्षीय लालमान तामाङको भरुवा बन्दुक पड्किएर मृत्यु भएको हो ।   सोमबार दिउँसो २ बजे स्थानीय थुम्की जङ्गलमा बाँदर लखेट्ने क्रममा चित्रबहादुर सुनुवारले बोकेको....
पुरा पढ्नुहोस »

राष्ट्रपतिसमक्ष मुस्लिम आयोगको प्रथम वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौँ, १९ कात्तिक : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आयोगको प्रथम वार्षिक कार्य प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ।   राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा अध्यक्ष अन्सारीले आयोगले आव २०७५÷७६ मा सम्पादन गरेको वार्षिक....
पुरा पढ्नुहोस »