Day: २६ कार्तिक २०७६, मंगलवार २१:४७

‘डाका’ कार्यक्रम खारेज गर्ने ट्रम्प प्रशासनको निर्णयलाई सदर गर्ने अमेरिकी सर्वोच्च अदालतको संकेत, ६० नेपाली सहित सात लाख आप्रवासी देश निकलाको जोखिममा

  अमेरिका । अमेरिकी सर्वोच्च अदालतले ट्रम्प प्रशासनको प्रथामिकतामा रहेको डाका कार्यक्रमलाई अन्त्य गर्ने पक्षमा फैसला गर्ने संकेत देखाएको छ ।   वासिंटन डिसीमा मंगलबार सुनुवाईको क्रममा सर्वोच्च अदालतका ९ न्यायाधिसमध्ये कम्तीमा ५ जना न्यायाधिसहरु ट्रम्प प्रशासनको पक्षमा उभिएपछि डाका....
पुरा पढ्नुहोस »

जुलुस गरेर जमीन फिर्ता हुन्न, कुटनीतिक पहल गर्नु पर्छ  : देउवा

 हेटौँडा, २६ कात्तिक : नेपाली काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सडकमा जुलुस गर्दैमा देशको भूभाग फिर्ता नहुने बताउनुभएको छ । नेपाली काङ्ग्रेस प्रदेश नं ३ को ६ जिल्लाका महाधिवेशन प्रतिनिधिहरुलाई गरिएको प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रमा उहाँले यसका लागि कूटनीतिक पहल....
पुरा पढ्नुहोस »

कालापानीलगायत भूभाग फिर्ता लिन उच्चस्तरीय कूटनीतिक पहल गर्नुपर्छ : काङ्ग्रेस

 काठमाडौँ, २६ कात्तिक  : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले मुलुकको उत्तर–पश्चिम सिमानाको कालापानीलगायत भूभाग फिर्ता लिन सरकारले उच्चस्तरीय कुटनीतिक र राजनीतिक पहल गर्नुपर्ने जनाएको छ ।   काङ्ग्रेस केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले....
पुरा पढ्नुहोस »

पर्यटकको आकर्षणको केन्द्र बन्दै ‘ड्रिमपार्क’

 तुलसीपुर, २५ कात्तिक : दाङको घोराही उपमहानगरपालिका–१७ बेलभारस्थित ‘ड्रिम पार्क’ पर्यटकीय केन्द्र बन्दै गएको छ ।   श्रीधरकुमार घिमिरेले डेढ लाख लगानीमा सञ्चालनमा ल्याएको उक्त पार्कमा दैनिक ३०० सम्म पर्यटक आउने गरेका छन् । अहिले जिल्लाभित्रका पर्यटकको नयाँ गन्तव्य बनेको छ । मनोरञ्जन लिनका लागि....
पुरा पढ्नुहोस »

 बङ्गलादेशका राष्ट्रपति हमिद काठमाडौँ आगमन

काठमाडौँ, २६ कात्तिक : राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपालको चार दिवसीय औपचारिक सद्भावना भ्रमणका क्रममा आज अपराह्न यहाँ आइपुग्नुभएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति भण्डारीले बङ्गलादेशी समकक्षी....
पुरा पढ्नुहोस »

राष्ट्रियताको विषयमा देश एक ढिक्का छ :  अध्यक्ष दाहाल

 चितवन, २६ कात्तिक : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियताका विषयमा देश एक ढिक्का भएको बताउनुभएको छ । नेकपा भरतपुर महानगर वडाकमिटीको आज यहाँ आयोजित शपथ ग्रहण कार्यक्रममा अध्यक्ष दाहालले सीमाका विषयमा प्रधानमन्त्रीले बोलाउनुभएको बैठकमा सबैको एकमत भएको....
पुरा पढ्नुहोस »

आप्रवासी कामदारको अधिकार संरक्षणसम्बन्धी अन्तरर्राष्ट्रिय सम्मेलन

 काठमाडौं, २६ कात्तिक : आप्रवासी कामदारको अधिकार संरक्षणका लागि अन्तरदेशीय राष्ट्रिय मानवअधिकार संस्थाबीच सहयोग आदानप्रदान गर्ने उद्देश्यले आयोजना गरिएको ‘आप्रवासी कामदारको मानव अधिकार संरक्षणसम्बन्धी अन्तरर्राष्ट्रिय सम्मेलन’ राजधानीमा प्रारम्भ भएको छ ।   अन्तरदेशीय सरकारी तथा गैरसरकारी....
पुरा पढ्नुहोस »

मधुमेह रोगसम्बन्धी बृहत् सम्मेलन बिहीबार

 काठमाडौँ, २६ कात्तिक : नेपालमा बढ्दै गएको मधुमेह रोगको न्यूनीकरणका लागि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपाल मधुमेही समाजले शिक्षाविद्को सहभागितामा मधुमेहीसम्बन्धी बृहत् सम्मेलन बिहीबार आयोजना गर्ने भएको छ । काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा कामपाका ५० माध्यमिक विद्यालयका....
पुरा पढ्नुहोस »

काठको खोरमा पर्यो चितुवा

 दमौली, २६ कात्तिक : तनहुँको भानु नगरपालिका–१ जामुनेगैह्रास्थित जङ्गलमा राखिएको काठको खोरमा आज बिहान एउटा चितुवा परेको छ । भानु नगरपालिकाका विभिन्न वडामा चितुवाले बालबालिका आक्रमण गर्ने क्रम नरोकिएपछि चितुवा नियन्त्रणका लागि बनाइएको खोरमा परेर चितुवा नियन्त्रणमा आएको हो ।   चितुवा नियन्त्रणका....
पुरा पढ्नुहोस »

एउटै बोकाको मूल्य रु तीन लाख

 बेनी, २६ कात्तिक :  एउटै बोकाको मूल्य करीब रु तीन लाख परेको सुन्दा अचम्म लाग्न सक्छ तर यहाँका एक किसानले एउटै बोकालाई रु दुई लाख ९० हजारमा बिक्री गरेका छन् । बेनी नगरपालिका–९स्थित तोरीपानीमा विगत छ वर्षदेखि व्यावसायिक रुपमा उन्नत जातको बाख्रापालन गर्दै आउनुभएका किसान आनन्द रिजालले बोयर जातको एउटै....
पुरा पढ्नुहोस »

केसीद्वारा अनशन स्थगित

अमरगढी, २६ कात्तिक : वरिष्ठ चिकित्सक प्रा डा गोविन्द केसीले आफ्नो १७औँ सत्याग्रह स्थगन गर्नुभएको छ । मङ्गलबार नवौँ दिनमा केसीले आफ्नो सत्याग्रह स्थगन गरेको घोषणा गर्नुभएको हो ।   डा केसीले डडेल्धुराको अमरगढी नगरपालिका–४ बस्ने चार वर्षीय बालक श्रीयान्स जैरुबाट सुन्तलाको जुस खाएर १७औँ अनशन नवौँ....
पुरा पढ्नुहोस »

नेपालमा नसर्ने रोगबाट ६६ प्रतिशत मानिसको मृत्यु

 ललितपुर, २६ कात्तिक : नेपालमा ६६ प्रतिशत मानिसको मृत्यु नसर्ने रोगबाट हुने गरेको छ । विश्वमा भने ७१ प्रतिशत मानिसको मृत्यु नसर्ने रोगबाट हुने गरेको बताइएको छ ।   आरामदायी निद्रा अभाव, नकारात्मक सोच, सन्तुलित खानाको अभाव, धुम्रपान र मध्यपानको बढ्दो प्रयोगका कारण विश्वमा ७१ प्रतिशत मानिसको मृत्यु....
पुरा पढ्नुहोस »

देशभर चिसो वृद्धि

 काठमाडौँ, २६ कात्तिक : काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको हो । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम तापक्रम १० दशमलव छ डिग्री सेल्सियस मापन गरिएको छ । सोमबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ११ दशमलव पाँच डिग्री सेल्सियस....
पुरा पढ्नुहोस »

अभिनेत्री पोखरेललाई पक्राउ गर्न बाटो खुल्ला

 काठमाडौँ, २६ कात्तिक  : सर्वोच्च अदालतको आदेशपछि बहुविवाहको विवादमा मुछिएकी अभिनेत्री शिल्पा पोखरेललाई पक्राउ गर्न बाटो खुलेको छ । न्यायाधीशद्वय ईश्वर खतिवडा र मनोजकुमार शर्माको संयुक्त इजलासले आज अभिनेत्री पोखरेलले आफूलाई पक्राउ पुर्जी जारी गर्ने जिल्ला अदालत काठमाडौँको आदेशविरुद्ध दायर....
पुरा पढ्नुहोस »

रोग पहिचान नगरी  शल्यक्रिया गर्दा मृत्यु

पाल्पा, २६ कात्तिक: रोग पहिचान नगरी शल्यक्रिया गर्दा गुल्मी रेसुङ्गा नगरपालिका–८ की १७ वर्षीया लक्ष्मी रसालीको मृत्यु भएको छ ।   पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभासमा ‘एपेन्डिक्स’को उपचारका क्रममा शल्यक्रिया गर्दा बिरामीको रक्त नशा फुटेर रगत बगेकोे अस्पतालको दाबी छ । लुम्बिनीमा थप उपचार हुन....
पुरा पढ्नुहोस »