Day: २९ कार्तिक २०७६, शुक्रबार १४:३०

सम्पादक सिवाकोटीलाई ‘इन्जा’ अवार्ड

  काठमाडौँ, २९ कात्तिक: नेपाली पत्रकारितामा खोजमूलक, सहासिक र अनुसन्धानात्मक समाचार सम्प्रेषण गरेबापत ‘हाम्रा कुरा डट कम’ अनलाइन सेवाका सम्पादक अजयबाबु सिवाकोटीलाई सन् २०१९ को ‘इन्जा अवार्ड’ प्रदान गरिएको छ ।   नेपाली पत्रकारको अन्तर्राष्ट्रिय सञ्जाल एशिया च्याप्टरद्वारा आज यहाँ आयोजित....
पुरा पढ्नुहोस »

१३औँ साग भव्य बनाउने तयारी

कृष्ण दवाडी  कास्की, २९ कात्तिक : –  आगामी मङ्सिर १५ देखि २४ गतेसम्म आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद (साग) भव्य बनाउने तयारीमा आयोजक नेपाल जुटेको छ । सन् १९८४ मा नेपालबाट नै सागको शुरुआत भएकामा सन् १९९९ मा तेस्रो संस्करणको आयोजनापछि नेपाललाई दुई दशकपछि प्रतियोगिता आयोजना गर्ने अवसर जुरेको हो....
पुरा पढ्नुहोस »

राजनीतिक आडमा ‘अपराधकर्म’

काशीराम शर्मा बाँके, २९ कात्तिक :  सुरक्षा खतरा भएका व्यक्तिलाई व्यक्तिगत हतियार राख्न दिने सरकारी नीति छ । जिल्लामा कतिपयले ‘सान’का लागि हतियार राखेका छन् । कतिपयले ‘पारिवारिक सम्पत्ति’का रूपमा हतियारको इजाजत पत्र (लाइसेन्स) र नामसारी गरेका छन् । कतिपय व्यक्तिले ‘गुण्डागर्दी’ र ‘तस्करी’ गर्नका....
पुरा पढ्नुहोस »

वाणिज्यदूतहरुको सम्मेलन सम्पन्न

 काठमाडौँ, २९ कात्तिक : नेपालस्थित अवैतनिक वाणिज्यदूतहरूको सङ्गठन (एचसिसिएन) र वाणिज्यदूतहरूको विश्व सङ्गठन (एफआइसिएसी) को एशिया तथा प्रशान्त क्षेत्रीय सम्मेलन आज यहाँ सम्पन्न भएको छ ।   विभिन्न १८ देशका ७६ जना अवैतनिक वाणिज्यदूतहरु सहभागी सो सम्मेलनमा जलवायु परिवर्तनको प्रभाव कम गर्ने, वातावरणीय....
पुरा पढ्नुहोस »

‘सीमा सुरक्षा सरकारका लागि सुनौलो अवसर’

 काठमाडौँ, २९ कात्तिक  : वरिष्ठ पत्रकार भैरव रिसालले भारत र नेपालबीचको सीमा सुरक्षा सरकारका लागि सुनौलो अवसर रहेको बताउनुभएको छ । संवाद डलबीले आज आयोजना गरेको सीमा सुरक्षा कार्यक्रममा उहाँले जनताको भावनामा चोट आए राम्रो नहुने भन्दै सीमा सुरक्षाका विषयमा धेरै कुरा उठे पनि यसको समाधान कुनै पनि....
पुरा पढ्नुहोस »

१२ बर्ष अघिको रौटहट बमकाण्ड : आलमलाई थुनामा पठाउन अदालतको आदेश 

काठमाडौं :  १२ बर्ष अघि  रौतहटको राजपुर बमकाण्डका आरोपी नेपाली काँग्रेसका सांसद तथा पूर्व मन्त्री  मोहम्मद आफताव आलमलाई अदालतले थुनामा पठाउन आदेश दिएको छ। जिल्ला न्यायाधीश दीपक ढकालको इजलासले एक हप्ता लामो बहस पछि आलमलाई शुक्रवार थुनामा पठाउन आदेश दिएको हो । सरकारकी वकिलको कार्यालयले कार्तिक १८....
पुरा पढ्नुहोस »

कर फिर्तासम्बन्धी फैसला उल्टाउन सर्वोच्च अदालतसँग ट्रम्पको माग

 वासिङ्टन, २९ कात्तिक :  अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कर फिर्ता सम्वन्धी कागजपत्र माग गरिएको फैसला उल्टाउन सर्वोच्च अदालतसँग माग गर्नुभएको छ । सो कुरा राष्ट्रपति ट्रम्पका व्यक्तिगत वकिल जय सेकुलोद्धारा बिहीबार जारी वक्तव्यमा उल्लेख गरिएको छ । अभियोजनकर्ताहरूको मागपछि एउटा फौजदारी....
पुरा पढ्नुहोस »

अत्याधिक हिमपातका कारण फ्रान्समा एकको मृत्यु, तीन लाख घर विद्युतविहिन

 पेरिस, २९ कात्तिक : अत्याधिक हिमपातका कारण फ्रान्सको दक्षिणपूर्वी क्षेत्रमा एक जनाको मृत्यु भएको छ । हिमपातकै कारण अरु तीन लाखभन्दा बढी स्थानीय घरमा विद्युत सेवा अवरुद्ध भएको अधिकारीहरुले शुक्रबार जनाएका छन् ।   रेल तथा सडक ट्राफिकले दिएको जानकारीअनुसार ६३ बर्षीया पुरुषको बिहीबार बेलुका निधन....
पुरा पढ्नुहोस »

अपडेट : अमेरिकाको  क्यालिफोर्नियामा स्कुलभित्र गोली प्रहार, दुई विद्यार्थीको मृत्यु

सान्ता क्लारिटा, २९ कात्तिक  – संयुक्तराज्य अमेरिकाको क्यालिफोर्निया राज्यस्थित एक स्कुलका १६ वर्षे छात्रले बिहीबार स्कुलभित्रै गोली चलाउँदा दुई विद्यार्थीको मृत्यु भएको छ । उक्त गोलीकाण्डमा अरु तीन जना विद्यार्थी पनि घाइते भएका छन् ।   साथीहरुमाथि पेस्तोल प्रहार गरेपछि आत्महत्या गर्न....
पुरा पढ्नुहोस »

बङ्गलादेशका राष्ट्रपति स्वदेश प्रस्थान

 काठमाडौँ, २९ कात्तिक : बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपालको चारदिने औपाचारिक सद्भावना भ्रमण पूरा गरी आज अपराह्न स्वदेश प्रस्थान गर्नुभएको छ ।   राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा गत मङ्गलबार नेपाल भ्रमणमा आउनुभएका राष्ट्रपति हमिदलाई त्रिभुवन अन्तरराष्ट्रिय....
पुरा पढ्नुहोस »

विप्वल समूहका इञ्चार्ज पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जाजरकोट इञ्चार्ज प्रेमप्रकाश ओली (धमिल) गएराति बाँकेको कोहलपुरबाट पक्राउ परेका छन् । नलगाड नगरपालिकाको रघुनाथमा घर भई पूर्वमाओवादी लडाकुसमेत रहेका ओली गएराति कोहलपुरबाट पक्राउ परेको प्रहरीले जनाएको छ । उनलाई चन्दा आतङ्क, एनसेल टावर आक्रमण र वडा कार्यालयमा आगजानी....
पुरा पढ्नुहोस »

उपनिर्वाचन २०७६ : निर्वाचनको गतिविधि तीव्र

राजविराज, २९ कात्तिक / आगामी मङ्सिर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि सप्तरीमा मनोनयन दर्ता भएपछि निर्वाचनको गतिविधिसमेत तीव्र बनेको छ । सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ को वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा उक्त पदका लागि विभिन्न....
पुरा पढ्नुहोस »