Day: ९ मंसिर २०७६, सोमबार १८:०८

ट्रम्पलाई पराजित गर्न अर्बपति माइकल ब्लुमबर्ग अमेरिकी राष्ट्रपतिका उम्मेदवार बन्ने

न्यूयोर्क, ९ मङ्सिर अमेरिकी राष्ट्रपतिका का लागि उम्मेदवारी दिने क्रममा अर्बपति माइकल ब्लुमबर्गले पनि उम्मेदवारी दिने औपचारिक निर्णय गर्नुभएको छ । न्युयोर्क सिटीका पूर्व मेयरसमेत रहेका ब्लुमबर्ग डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेदवार बन्ने होडमा औपचारिक रुपमा सामेल हुनुभएको हो । उहाँ अमेरिकी....
पुरा पढ्नुहोस »

वैकल्पिक राजनीतिक शक्तिका रुपमा समाजवादी पार्टी– पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ, ९ मङ्सिर समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले देशको वैकल्पिक राजनीतिक शक्तिका रुपमा समाजवादी पार्टी आएको बताउनुभएको छ । कास्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको प्रचारप्रसारका क्रममा आज पोखरा महानगरपालिकाको वडा नं....
पुरा पढ्नुहोस »

सामर्थ नभएका ठेकेदारलाई ठेक्का नदिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, ९ मङ्सिर     प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालय मातहत निकायका विकास आयोजनाको कामलाई प्रभावकारी र परिणाममुखी बनाउन निर्देशन दिनुभएको छ । सिंहदरबारमा आज भएको मन्त्रालयगत चालू आर्थिक वर्षको प्रथम चौमासिक समीक्षा बैठकलाई सम्बोधन गर्दै उहाँले विकास आयोजनालाई निर्धारित समयभित्रै....
पुरा पढ्नुहोस »

लोकतन्त्र र न्यायका लागि कांग्रेसलाई मतदान गर्न देउवाको अपिल

दाङ, ९ मङ्सिर    नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रको रक्षा र न्यायका लागि नेपाली काँगे्रसका पक्षमा मतदान गर्न सबैमा अपिल गर्नुभएको छ । पश्चिम दाङको श्रीगाउँमा आयोजना गरिएको चुनावीसभालाई सम्बोद्धन गर्दै उहाँले अहिलेको चुनाव सरकार बदल्ने नभई कम्युनिष्ट सरकारले राम्रो काम गरेका....
पुरा पढ्नुहोस »

कर्णाली प्रदेश अस्पताललाई अब शिक्षण अस्पताल बनाइने

कर्णाली प्रदेश अस्पताललाई नै शिक्षण अस्पताल बनाउन प्रदेश सरकारले सहमति दिएपछि सुर्खेतमा मेडिकल कलेज निर्माणको प्रक्रिया अघि बढेको छ । सुर्खेत मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाले शिक्षण अस्पताल र प्राज्ञिक भवन अलग–अलग स्थानमा सञ्चालन गर्न तयारी थालेको छ । सङ्घीय सरकारले चालू आवमा....
पुरा पढ्नुहोस »

पोखरालाई सही व्यक्ति छान्ने अवसर छः नेता रिजाल

पोखरा, ८ मङ्सिर रासस नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले निष्ठावान् व्यक्तिलाई रोज्नका लागि मतदातासँग आग्रह गर्नुभएको छ । पोखरा महानगरपालिका–२१ स्थित ठूलीस्वाँरामा आज आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै नेता रिजालले खेमराज पौडेल निष्ठावान् र परिपक्व व्यक्ति रहेको उल्लेख....
पुरा पढ्नुहोस »

उपनिर्वाचन २०७६ : नेकपाको निर्वाचन क्षेत्र लक्षित घरदैलो

पोखरा, ९ मङ्सिर   कास्की निर्वाचन क्षेत्र नं २ प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन मिति नजिकिँदै गर्दा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले चुनावी गतिविधि तीव्र बनाएको छ । यही मङ्सिर १४ गते हुने निर्वाचनका लागि वडाका टोल–टोलमा गठित निर्वाचन परिचालन कमिटीको सक्रियतामा नेता तथा कार्यकर्ता घरदैलोमा....
पुरा पढ्नुहोस »

नेतन्याहुलाई राजीनामा गर्न र लिकुड पार्टीलाई सरकार गठनमा सघाउन गान्जको आग्रह

तेल अभिभ, इजरायल, ८ मङ्सिर  इजरायलको ब्लु एण्ड ह्वाइट पार्टीका नेता बेनी गान्जले बेन्जामिन नेतन्याहुको दल लिकुड पार्टीका नेताहरूलाई सरकार गठनमा आफूलाई सघाउन आग्रह गर्नुभएको छ । उहाँले प्रधानमन्त्री नेतन्याहुलाई सरकारको नेतृत्वको दौडमा पछि हट्न सुझाब दिनुभएको छ । इजरायलको राजनीतिक सङ्कट अन्त्य....
पुरा पढ्नुहोस »

पशुपतिलगायत शिवालयमा शतबीज छर्न लाखौँ भक्तजन

काठमाडौँ, ९ मङ्सिर    मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज बिहानैदेखि पशुपतिलगायत देशभरका शिवालयमा शतबीज छर्न लाखौँ भक्तजनको लर्को छ । हिजो बिहानैदेखि पशुपतिलगायत शिवालयमा महादीपदान गरी बसेका भक्तजनले आज बिहानै नदीमा स्नान गरी शतबीज छर्न शुरु गरेका हुन् । बालाचतुर्दशीसमेत भनिने मार्गशीर्ष कृष्ण....
पुरा पढ्नुहोस »