Day: ११ मंसिर २०७६, बुधबार २२:०२

अमेरिकामा नक्कली विश्वविद्यालय खडा गरि विद्यार्थीबाट लाखौं ठगी

जाङ्गबु शेर्पा/ दूरबीन नेपाल  अमेरिका । अमेरिकामा आफ्नो शैक्षिक भवन समेत नभएका केही नक्कली विश्वविद्यालयले अमेरिकी निकायलाई झुटो विवरण दिएर विदेशबाट ल्याइएका सयौँ विद्यार्थीको बिचल्ली भएको छ । पैसाका लागि बदमासी गर्ने निकाय र विद्यार्थी दुवैलाई अमेरिकी सुरक्षा निकायले पक्राउ गरी कानुनी कारबाही....
पुरा पढ्नुहोस »

यू सांसदद्वारा यूरोपेली आयोगमा लेयनको नेतृत्वलाई अनुमोदन

स्ट्रासबर्ग, ११ मङ्सिर जर्मनीकी उर्सुला भोनदेर लेयनको नेतृत्वमा बनेको नयाँ यूरोपेली आयोगलाई यूरोपेली संघ (इयू)ले बुधबार अनुमोदन गरेको छ । कुल मतमा लेयनको पक्षमा ४६१, विपक्षमा १५७ परेका छन् भने ८९ सदस्यले मतदानमा सहभागिता जनाएनन् । लेयनको नाम अनुमोदनसँगै आयोगले पहिलो पटक महिला अध्यक्ष पाउने....
पुरा पढ्नुहोस »

चीन कार्बन उत्सर्जन नियन्त्रणको लक्ष्य पूरा गर्न सफल

बेइजिङ, ११ मङ्सिर  चीनको कार्बन उत्सर्जन नियन्त्रणका लागि सन् २०१८ को लक्ष्य पूरा गर्न चीन सफल भएको एक अधिकारीले बुधबार बताएका छन् । कुल घरेलु उत्पादनको प्रति एकाइ कार्बन उत्सर्जन सन् २०१८ मा चार प्रतिशतले कटौति गर्न चीनलाई सफलता मिलेको हो । चीनले सन् २०१८ का लागि ०.१ प्रतिशत कार्बन उत्सर्जन कटौति....
पुरा पढ्नुहोस »

बस दुर्घटनामा १० जनाको घटनास्थलमै मृत्यु

११ मङ्सिर अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ नरपानीमा आज बेलुका भएको बस दुर्घटनामा १० जनाको घटनास्थलमै मृत्यु भएको छ । सन्धिखर्कबाट बुटवल जाँदै गरेको लु२ख २१४८ नम्बरको बस नरपानी बजार नजिकैको घुम्तीमा दुर्घटना भएको हो । दुर्घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी तथा स्थानीयवासीले....
पुरा पढ्नुहोस »

सरकारको शैली बदल्न काँग्रेसको जीत आवश्यक : गगन

चितवन, ११ मङ्सिर नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले सरकारको शैली बदल्न नेपाली काँग्रेसले निर्वाचन जित्नुपर्ने बताउनुभएको छ । नेपाली काँग्रेस भरतपुर महानगरपालिका–१६ को चुनाव प्रचारप्रसार समितिले आयोजना गरेको चुनावीसभामा आज उहाँले शैली बदल्दै सरकारलाई सन्देश दिनका लागि....
पुरा पढ्नुहोस »

उपनिर्वाचन २०७६ः कास्की–२ सबैको आँखामा

जमुनावर्षा शर्मा चिप्लेढुङ्गा, ११ मङ्सिर देशभरिबाट विशेष चासोका रुपमा हेरिएको कास्की क्षेत्र नं २ को चुनावी प्रचारको समय मौन अवधि नजिक पुगेको छ । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको निधनपछि खाली भएको यस क्षेत्रमा मङ्सिर १४ गते उपनिर्वाचन हुँदैछ । महानगरका....
पुरा पढ्नुहोस »

जनजाति, महिला र दलित प्रधानमन्त्री हुनेछन्ः दाहाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिष्टलाई फुटाउने मानसिकता बोक्ने विपक्षीह्ररुको सपना कहिल्यै पूरा नहुने बताउनुभएको छ । नेकपा निर्वाचन परिचालन कमिटी धरानले आज आयोजना गरेको चुनावी सभामा उहाँले काँग्रेसले नेकपालाई बदनाम गराए आफँै सकिने बताउनुभयो ।....
पुरा पढ्नुहोस »

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको महाराजगञ्जस्थित मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरले जनाएको छ । प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका बारेमा अहिले साँझ ७ बजे सेन्टरका कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठले जारी गर्नुभएको....
पुरा पढ्नुहोस »

विश्व बैंकसँग १६ अर्ब ३७ करोड सहयोगसम्बन्धी सम्झौता

विश्व बैंकले युवा रोजगारी र विद्यालय क्षेत्र विकासका लागि रु १६ अर्ब ३७ करोड १३ लाख ऋण सहयोग गर्ने भएको छ । युवा रोजगारीका लागि रूपान्तरण परियोजना कार्यान्वयन गर्न रु १३ अर्ब ६३ करोड तथा विद्यालय क्षेत्र विकास कार्यक्रम सञ्चालनका लागि रु दुई अर्ब ७४ करोड १३ लाख सहयोग गर्न लागेको हो अर्थमन्त्रायलमा आज....
पुरा पढ्नुहोस »

उपनिर्वाचन २०७६ : विद्यालयमा तीन दिन बिदा

कास्की क्षेत्र नं २ मा आगामी मङ्सिर १४ गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा मतदान केन्द्र तोकिएका विद्यालयमा तीन दिन सार्वजनिक बिदा दिइएको छ । पोखरा महानगरपालिकाले मतदान केन्द्र तोकिएका महानगरका ११ वडाका २९ विद्यालयमा मङ्सिर १२ देखि १४ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको हो । महानगर....
पुरा पढ्नुहोस »

उपनिर्वाचन २०७६ : पुरुषभन्दा महिला मतदाता बढी

तुलसीपुर, ११ मङ्सिर मङ्सिर १४ गते हुने उपनिर्वाचनमा दाङमा पुरुषभन्दा महिला मतदाता बढी रहेका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार दाङ क्षेत्र नं ३ (ख) र घोराही–१६ मा ७३ हजार १७२ मतदाता रहेकामा ३७ हजार ३०५ महिला मतदाता छन् । पुरुष मतदाता ३५ हजार ८६६ रहेका छन् भने तेस्रोलिङ्गी मतदाताको सङ्ख्या एक....
पुरा पढ्नुहोस »